पुलिस क्लब चन्द्रागिरी गोल्डकपकाे फाइनलमा

बिएल

विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्राे चन्द्रागिरी मेयर गोल्डकपमा फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको सेमिफाइनलमा ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो।

पुलिसको जितमा कप्तान जुमानु राईले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा जुमानुले गोल गरे।

अब पुलिसले उपाधिको लागि थ्री स्टार क्लब र अर्को विभागीय क्लब एपीएफबीचको विजेतासँग खेल्नेछ।

 

 

प्रकाशित मिति: : 2019-11-26 17:28:22

प्रतिकृया दिनुहोस्