रियलविरुद्द तीन मिनेटमा दुई गोल गरेसँगै पीएसजी हारबाट जाेगियाे

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेलेका छन्।

मंगलबार राति रियलको घरेलु मैदानमा भएको खेलमा पीएसजीले मड्रिडसँग २-२ गोलको बराबरी खेलेको हो।

रियलका लागि दुबै गोल करिम बेन्जिमाले गरेका थिए। यस्तै पीएसजीको लागि केलियन एम्बाप्प र पाब्लो साराबियाले गोल गरे।

खेलमा अग्रता रियलले बेन्जिमाको १७ औ मिनेटको गोलबाट लिएको थियो। ७९ औ मिनेटमा बेन्जिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याएका थिए।

तर,रियलसँग २–० ले पछाडी रहेको अवस्थामा पीएसजीले तीन मिनेटको अन्तरमा दुई गोल गर्यो।

एम्बाप्पले ८१ औ मिनेटमा गोल गर्दै पीएसजीलाई १– २ को अवस्थामा फर्काए। यस्तै ८३ औ मिनेटमा साराबियाले पीएसजीका लागि बराबरी गोल गरेका थिए।

दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्।

बराबरीसँगै पीएसजीले ५ खेलबाट १३ अंक जोड्यो। दोस्रो स्थानको रियलको ८ अंक रह्यो।

प्रकाशित मिति: : 2019-11-27 06:19:30

प्रतिकृया दिनुहोस्