च्याम्पियन्स लिग: पाउलो ड्याबालाकाे निर्णयक गोलमा युभेन्ट्स विजयी

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्ससँग एट्लेटिको मड्रिड पराजित भएको छ।

मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो।

युभेन्ट्सका लागि एक मात्रै निर्णयक गोल पाउलो ड्याबालाले गरे।

पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले फ्रिकिकबाट गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन्।

समूह 'डी'मा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो।

युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो। एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-27 06:31:37

प्रतिकृया दिनुहोस्