हावाले जोमसोम आसपासका स्थानमा धुलाम्मे, जहाज पोखरातिरै गरियाे डाइभर्ट

भेरियबल उच्च हावाको गतिका कारण पोखरा–जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ।

बिहान ६:३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए।

बुधबार तारा र सुमित एयरलाइन्सका २/२ गरी ४ वटा उडान रहेपनि उत्तरी हावाका कारण जहाज अवतरण हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक बिकले बताए। जहाजले धावनमार्ग छोएपनि जहाज अवतरण नसकेपछि २ वटै जहाज जोमसोमबाट पोखरै फर्काएकाे उनले बताए।

कार्यालय प्रमुख विकका अनुसार मुस्ताङमा ४७ नर्थको हावा चलेको  हाे। यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन मुस्किल परेका कारण जहाज फर्किएको उनको भनाई छ ।

सामान्यतया जहाज अवतरणका लागि २० नर्थ देखि कम हुनुपर्नेमा अत्यधिक हावा प्रवाह भएको जनाए। हावाको गतिले जोमसोम आसपासका स्थानमा धुलाम्मे भइरहेको छ भने मौसम पनि ढुम्म छ।

प्रकाशित मिति: : 2019-11-27 14:41:37

प्रतिकृया दिनुहोस्