पशुपती जाने अशक्त भक्तजनले बिजुली ट्याम्पुमा निशुल्क सेवा पाउने

बिएल

पशुपती जाने अशक्त भक्तजनले बिजुली ट्याम्पुमा निशुल्क सेवा पाउने भएका छन्।

भारतीय महिला सघं, काठमाडौँले पशुपति क्षेत्र विकास कोषलाई दुई ओटा बिजुली रिक्सा हस्तान्तरण गरेको हो। उक्त टेम्पो पार्किङदेखि दक्षिण ढोकासम्म अशक्त वृद्धवृद्धा तथा अशक्तलाई सेवा दिने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।

करिब १ वर्षदेखि कोष र लक्ष्मी बैंकको सहकार्यमा पाशुपत क्षेतमा २ ओटा बिजुली रिक्सा संचालनमा थियो। यी ४ ओटा रिक्साले दैनिक १ हजारभन्दा धेरै लाभान्वित हुने ढकालले जानकारी दिए।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो।

प्रकाशित मिति: : 2019-11-27 16:35:51

प्रतिकृया दिनुहोस्