पोखरा बम बिस्फोट: ५ जना घाइते

फाइल तस्बिर: बिएल

नेकपाको चुनावी सभा नजिकै भएको बम बिस्फोटमा परि ५ जना घाइते भएको खुलेको छ। उ

घाइते हुनेमा पोखरा महानगरपालिका १५ गलेश्वरका ५५ वर्षीया धनमाया सुनार, पोखरा १० कि ५४ वर्षीय कृष्ण गुरुङ, पोखरा १५ गलेश्वरकै ४५ वर्षीय रमिला सार्की, ५५ वर्षीय जानकी पोखरेल, सोही ठाउकै ५७ वर्षीय माया विक रहेका छन्। घाइतेहहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि फर्किसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ।

घाइतेहरुमध्ये पाँचै जनाको टाउको र ढाडमा भाग्ने क्रममा चोट लागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ।

प्रकाशित मिति: : 2019-11-27 16:57:06

प्रतिकृया दिनुहोस्