यस बर्षको राष्ट्रिय खेलकुद सम्मान ब्याडमिन्टन संघलाई

फाइल तस्बिर: बिएल

युवा तथा खेलकुद मन्त्रालयले यस बर्षको राष्ट्रिय खेलकुद सम्मान ब्याडमिन्टन संघलाई प्रदान गरेको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले संघलाई सम्मान तथा पुरस्कृत गरेका हुन्। त्यस्तै कार्यक्रममा बिभिन्न खेलमा आवद्ध खेलाडीहरुलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरिएको छ।

त्यस्तै व्यवस्थापक र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे। उनले देशलाई अन्तराष्टिय पदक दिलाउन खेलाडी संगैं खेलका संघहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताए।

उहाले संघभित्र रहेको विवादलाई अन्त्य गर्दै अघि बढ्नुको बिकल्प नरहेको धारणा राखे।

प्रकाशित मिति: : 2019-11-27 18:24:41

प्रतिकृया दिनुहोस्