स्लाभिया प्राहाविरुद्ध मिलानकाे शानदार जित,लुकाकुको दुई गोलले मान्यता पाएन

तस्बिरः एजेन्सी

इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ।

बुधबार राति भएको खेलमा इन्टरले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को जित निकालेको हो।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। प्राहाका थोमस सोसिसले एक गोल फर्काए। इन्टरका रोमेलु लुकाकुको दुई गोलले भिएआरको मान्यता पाएन।

इन्टरले खेलको १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको थियो। ३५औं मिनेटमा लुकाकुले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। ३७औं मिनेटमा सोसिसले बराबरी गोल फर्काए।

८१औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए। ८८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । एन्ज्युरी समयमा लुकाकुले गोल गरेपनि पुनः भिएआरको मान्यता पाएन।

जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ। अब समूह चरणको अन्तिम खेलमा बार्सिलोनालाई बराबरी वा पराजित गरे या अर्को खेलमा डर्टमन्डले पनि हार भोगेको अवस्थामा इन्टरले नकआउट चरणमा स्थान बनाउनेछ।

समूह ‘एफ’मा रहेको इन्टर ५ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-28 07:35:07

प्रतिकृया दिनुहोस्