पारवहन सन्धि पुनरावलोकन बैठक समपन्न,भारतले जलमार्ग प्रयोग गर्न दिने बिषयमा निर्णय भएन

फाइल तस्बिर: बिएल

बिद्यमान नेपाल–भारत पारवहन सन्धिको म्यान २०२० जनवरी ५ देखि लागू हुने गरि स्वत नविकरण हुने भएको छ।

बुधबार काठमाडौंमा सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनका लागि बसेको बाणिज्य सहसचिवस्तरीय बैठकमा पारवहन सन्धि नविकरण गर्ने बिषयमा सहमति भएको हो। त्यस्तै सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिएको छ।

यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह धाम्रा र मुन्द्रा खुल्ला गर्ने बिषयमा छलफल भएको र यस बिषयमा भारतले यथासिध्र राय सुझाव पठाउने सहमति पनि भएको छ। यस्तै, विशाखापट्टनमबाट जोगबनी– विराटनगर–रक्सौल–वीरगन्ज र सुनवल भैरहवासम्मका ब्लक कार्गाे ढुवानीसम्बन्धका बिषयलाई पनि ड्राफ्टमा समावेश गर्ने सहमति भएको छ।

यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) लागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेन्जको मस्यौलमाथि छलफल भएको र प्रस्तावमा भारतले छलफल गरि यथासिघ्र जवाफ पठाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

बैठकमा दुवै मुलुकले आन्तरिक प्रक्रिया पुरा गरि अन्तिम रुप दिइएको पारवहन सन्धि र सोको प्रोटोकलमा दुवै पक्षबाट यथासिघ्र हस्ताक्षर गर्ने सहमति भएको छ। बैठकमा नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव पनि सहभागी थिए भने त्यस्तै भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र यस भल्लाले गरेका थिए।

यसअघि २०७५ बैंशाखमा भएको नेपाल-भारत बाणिज्य सचिवस्तरिय अन्तरसरकारी समितिको बैठकमा नेपाल भारत पारावहन सन्धि पुनरावकलोकन गर्ने सहमति भएको थियो।

प्रकाशित मिति: : 2019-11-28 15:04:33

प्रतिकृया दिनुहोस्