बारा पिपराका नेकपा उम्मेदवारको घरमा बम विस्फोट

फाइल तस्बिर: बिएल

बाराको पिपरा गाउँपालिका वडा नम्बर ३ मा नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ। नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै प्रेसर कुकर बम विस्फोट भएको हो।

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको छ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ।

प्रकाशित मिति: : 2019-11-28 17:22:42

प्रतिकृया दिनुहोस्