खैरहनीका दुवै वडामा कांग्रेस विजयी

फाइल तस्बिर: बिएल

चितवनको खैरहनी नगरपालिकामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ।

खैरहनी नगरपालिकामा वडा नम्बर ४ र ५ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको थियो । वडा नम्बर ५ मा प्रतिमा कार्की बस्नेत र वडा नम्बर ४ मा देबबहादुर बस्नेत वीजयी भएका हुन्।

वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेतले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन्। त्यस्तै खैरहनी ४ मा नेपाली कांग्रेका देबबहादुर बस्नेतले नेकपाका बेदबहादुर अधिकारीलाई १५३ मत अन्तरले पराजित गरे ।

बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2019-12-01 07:25:37

प्रतिकृया दिनुहोस्