फ्रेण्ड्सका ब्राजिलियन प्रशिक्षक काठमाडौंमा

बिएल

शहीद स्मारक ए डिभिजन लिगका लागि फ्रेण्ड्स क्लबले ब्राजिलियन प्रशिक्षक भित्र्याएको छ। फ्रेण्ड्सले मार्कोस फिलिपे सम्पारियो दन्तासलाई प्रशिक्षकको रुपमा भित्र्याएको हो।

प्रशिक्षक दन्तास आइतबार काठमाडौं आइपुगेका छन्। उनले भोलिदेखि टिम सम्हाल्नेछन्

फ्रेण्ड्सले यो सिजनको लिगका लागि तीन ब्राजिलियन फुटबलर समेत अनुबन्ध गरिसकेको छ। उसले डी कर्मा, फिलिप डी सुजा र साउलो डी अक्युनोलाई अनुबन्ध गरेको हो।

तीनै जनासँग एक वर्षको सम्झौता गरेको फ्रेन्ड्स क्लबका सदस्य राजाराम तन्डुकारले बताए।

साउलो डिफेन्डर, डि कर्मा मिडफिल्डर र साउलो फरवार्ड हुन्। गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा कमजोर खेलेको फ्रेन्ड्सले आगामी मंसिर अन्त्यबाट हुने लिगमा उत्कृष्ट खेल्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2019-12-01 17:24:26

प्रतिकृया दिनुहोस्