धरान उमहानगरपालिकामा कांग्रेसकाे अग्रता कायमै

प्रतिकारत्मक तस्बिर

धरान उमहानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

धरानको ७ वटा वडाको मत गणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसका तिलक राईले १० हजार ९ सय ९४ मतसहित ४ सय ७७ मतको अग्रता लिएका छन्।

यस्तै नेकपाका प्रकाश राईले ७१७० मत ल्याएका छन्।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमर बहादुर लिम्बूले ५ सय ३४ मत, संघिय समाजवादीका गजेन्द्र लिम्बूले २ सय ६९, साझा पार्टीका राजन श्रेष्ठले ४३ मत प्राप्त गरेका छन्।

अहिले धरानको ११, १२ र १३ नं। वडाको मत गणना भइरहेको छ। जम्मा ५५ हजार ११ मत खसेकोमा २३ हजार ४ सय ९ मत गणना भइसकेको छ।

प्रकाशित मिति: : 2019-12-01 18:28:15

प्रतिकृया दिनुहोस्