झापामा चार हजार लिटर अबैध घरेलु मदिरा नष्ट

बिएल

झापा प्रहरीले  करिव चार हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ।

आइतबार बिर्तामोड नगरपालीका-२,बिर्ताबजार-६ बुट्टाबारी र अर्जुनधारा नगरपालीका-१९ बसपार्क एरियाबाट बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको।

उक्त स्थानमा घरेलु मदिरा विक्रि गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बरामद गरेकाे मदिरा पत्रकारहरुको रोहबरमा खाल्डो खनी नष्ट गरेको प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरु हुने गरेको छ। सभ्य र शान्त समाज निर्माणसँगै हरेक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउ प्रहरीले देशै भर घरेलु मदिरालाई नष्ट गदै आएको छ।

प्रकाशित मिति: : 2019-12-01 21:44:56

प्रतिकृया दिनुहोस्