युभेन्ट्सलाई पन्छाउँदै ईन्टर मिलान शीर्ष स्थानमा

तस्बिरः एजेन्सी

सिरि ए फुटबलमा ईन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ।

आईतबार भएको खेलमा ईन्टर मिलानले स्पेललाई २–१ गोल अन्तरको जित निकाल्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो। मिलानको जितमा अर्जेन्टिनी फरवार्ड लौरेन्टो मार्टिनेजले दुई गोल गरे। यता स्पेलका माटिया भालोटीले एक गोल गरे।

खेलको १६ औं मिनेटमा मार्टिनेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए। ४१ औं मिनेटमा उजले नै ब्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० ले अघि बढाए।

५० औं मिनेटमा पाहुना टोलीका भालोटीले गोल गर्दै क्लबलाई खेलमा फर्काउने कोशिश गरेका थिए। तर थप गोल हुन नसकेपछि मिलानले तीन अंक पायो।

युभेन्ट्स ३६ अंक सहित दोस्रो स्थानमा छ। सासोउलो १४ अंक सहित १३ औं स्थानमा छ।

शीर्ष स्थानको मिलानले युभेन्ट्ससंग एक अंकको अग्रता बनाउन सफल भएको छ।

प्रकाशित मिति: : 2019-12-02 08:12:23

प्रतिकृया दिनुहोस्