अलमलधारे कित्तावाल भैरे काका

सुरेश जोशी

आफ्नै वरिपरि ज्ञानको कन्चनगङ्गा छ। मात्र देख्न सक्ने बुझ्न सक्ने चेतना हुनुपर्दो रहेछ। आजकल दुनियाँमा जिन्दगी ३ वटा फरक धारमा बिताइरहेका देखिन्छन्। मान्छेहरु अनि, तिनै मान्छेहरु भित्र अटाएको छ अलमलधारे कित्तावाल भैरे काका।

तीन कित्ते जिन्दगीको यस्तो वर्गिकरण गरियो ब्रम्हलेः
१. भेडेधार जिन्दगी
२. गधेधार जिन्दगी
३. बाघेधार जिन्दगी

१.
दुनियाँमा कति छन् कति चेतनाले भेडाहरु, जसरी अरुले जिन्दगी बुझे। जीवन विश्वास बनाएर गुजारे जिन्दगी त्यसै गरि आफ्नो जिन्दगी बाचिरहँदा भेडेधारमा जिन्दगी जाँदो रहेछ। एक नम्बरी धारमा प्राय दुनियाँभरका जिन्दगी कुद्याछन्। सोधेका छैनन्, सोचेका पनि छैनन्, कि बाटो त सहि छ? कहाँसम्म जान्छ अरुले देखाएको भन्दा पर कि देखाएकोसम्म मात्रै? अरुकै सिको गर्दै बाँच्ने रहर गर्नेहरु अर्थात तपाई जस्तै म पनि हुन्छु भन्ने रहरमा जिन्दगीका अनगिन्ती प्रहर बाँचेकाहरु यो धारमा पर्दछन्।

२.
स्नातक गर। स्नातकोत्तर गर। पीएचडी पनि गर। थर्ड हैन फस्ट डिभिजनमा। किनकी गधा फस्ट हुन्छन्, भारी बोक्न। यी फस्ट डिभिजन धारीहरु पनि जिम्मेवारीको भारी बोक्न फस्ट हुन्छन्। त्यहि भएर त जागिरका लागि अन्तर्वार्ता हुँदा पास गरिएको डिभिजन हेरिने रहेछ। थर्ड डिभिजन,नै किन त? भन्दा भाई गधाको जस्तो मिहेनत गरेर नपढ्नेले गधाको जस्तो मिहेनत गरेर जागिर खान्छ चाहिँ कसरी? विश्वास के?आधार के हुन् नि हो गाँठे?, भन्छ। फेरि फस्ट डिभिजन वाले डर छ, जो फस्ट डिभिजन वाललाई कि म फस्ट डिभिजने गधाको ठाउँ थर्ड डिभिजने गधाले हाइज्याक गरिहाल्छ कि भन्ने।

ओहो१ यो फस्ट डिभिजनका गधाहरुको भीडले पनि कम्ता सम्झाउछन्। म जस्तै फस्ट डिभिजने हुनै पर्छ भन्दै। फस्ट डिभिजन गधाले डराउँदा कम्ता डराउँछ थर्ड डिभिजनवाल गधा। किनकि फस्ट डिभिजनवाल गधा भएन भने 'बर्बादै झुलागा जिन्दगी पासा' भनेर।

दुई नम्बरी गधाधार जिन्दगी भनेको पढ्यो। फस्ट हुने दौडको धावक भयो। जिते पनि गधा हारे पनि गधा नै हुनु पर्ने। जिते हाकिमे गधा। मध्यम भए सुब्बा सरहको गधा। निम्नै भए नि गधाको ठाउँ सुरक्षित त छ। मलाई यो धार भित्र पीएचडी गरेको मान्छेको जीवन विश्वाससँग संगत गर्ने ठूलो रहर छ, हो एकबारको जुनीमा।

३.
तेस्रो तथा अन्तिम धमर हो बाघेधार। यो धारेहरु दारा देखाउँछन् आफ्ना जिन्दगीका भोगाइका, अनुभवका। डराइ रहन्छन् कतै अरुको मेरो भन्दा ठुलो दारा त छैन? जीवन विश्वासको भनेर। कहिलेकाहीँ आफ्ना अनुभवले पेल्छन्। कहिले ठेल्छन्, चेतानामै।

यो धारमा निकै कम र प्राय सबै छन् झैँ पनि लाउँछ। अलमलिन्छन् यहि धारभित्र। तर जो अलमल्लिन्न सायद, यहि धारेहरुले दुनियाँलाई चेतनाको दाराले आहारा बनाइदिन्छ।

कलेज नगएकोलाई नलेज कहाँ हुनु? भनेर कथन गाउने दुनियाँलाई यो धारे जिन्दगी जिउनेहरुले नलेज दिन्छन्। आफ्नै जिन्दगीको भोगाईलाई माध्यम बनाएर। दुनियाँको सबैभन्दा शक्तिशाली धार यहि हो झैँ लाउने गरि। जसले आफ्नो जीवन विश्वास बनाउँछ र निरन्तर हौसलाले जिन्दगीको जहाजमा उडान भर्छ, सायद केहि गर्छ। पक्कै थोरै फरक, धेरै फरक, सबैभन्दा!!

अब कुन धारे जिन्दगी अंगाल्ने त्यो चैं आफ्नो चेतनाले भ्याएसम्मको घमण्ड गरेर हैन। आफू भित्रको आफूलाई सहि अर्थमा बुझेर आफैले आफैलाई सहि अर्थमा विश्वाश गरेर। गहन रुपले ३ वटै धारेको गुण अवगुण केलाएर गर्नुहोस् भन्दै पढाइदिन्छन् कहिलेकाहीँ।

चेतनाका बिल गेट्सहरुले। समग्रमा यिनै तीन धारभित्र जिन्दगीको फरक धार भनेको अध्यात्मको धार हो, जसलाई आजकल फरक धार भनिन्छ१ तर फरक धार हो के कसैले लेख्नै सक्दैन। मात्र अनुभुती गर्न, जिउन सकिन्छ भनिदिन्छन्।

त्यहि भएर धेरै अलमलधार प्रेमीहरु छन्, दुनियाँमा। सायद तपाई, अनि अरु कयौँनसँगै पुछारमा म पनि।

प्रकाशित मिति: : 2019-12-02 08:45:03

प्रतिकृया दिनुहोस्