अन्जली चन्दको विश्व कीर्तिमानी बलिङसँगै माल्दिभ्स १६ रनमै अल आउट

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा तीब्र गतिकी बलर अन्जली चन्दको शानदार प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ।

आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन्। उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन्। 

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन्। करुणा भण्डारीले २ विकेट हात पारिन्।

यो विश्व टि–ट्वान्टी वोमनमा विश्व कीर्तिमान हो। यसअघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन्।

प्रकाशित मिति: : 2019-12-02 12:15:18

प्रतिकृया दिनुहोस्