लगानी सम्मेलन : नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको घोषणा, सम्झौतापत्रमा हस्ताक्षर

रातोपाटी

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ। लगानी सम्मेलनको अवसरमा शनिबार सरकार र एनआरएनबीच नेपालमा १० अर्बको लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गर्ने गरेर एनआरएनले नेपालमा लगानी गर्नेछ।

प्रकाशित मिति: : 2019-03-30 20:51:16

प्रतिकृया दिनुहोस्