नेपाली ब्राण्डलाई विश्व अवार्ड जिताउने सविता: 'कीर्तिपुर होजियारी' को के ब्राण्डमा निर्यात

कीर्तिपुरको पुरानो नेवारी बस्ती समलमा धेरैले चिन्ने नाम हो - सविता महर्जन। यो नामले केही वर्षअघि नै विदेशसम्म ख्याति कमायो । सविताको संघर्ष भने कीर्तिपुरको समल र कुटुसालको बस्तीमा आज पनि जारी छ ।   

भन्नलाई उनी यस गाउँकी बुहारी हुन् । तर उनी यति मात्र होइनन् । गाउँका लागि उत्साह, प्रेरणा र शिक्षाको स्रोत हुन् । बेरोजगार महिलाकी रोजगारदाता, निरक्षरकी शिक्षिका अनि सीपविहीनहरूका लागि प्रशिक्षक । उनलाई ख्याति दिलाउने परिचय हो, कीर्तिपुर होजियारीकी संस्थापक उद्यमी । जसले व्यापारभन्दा बढी समाजको सुधारमा आफ्नो सीप खर्च गरेकी छन् । समल र कुटुसालका महिलालाई अक्षर चिनाइन्, र आय आर्जनको बाटो पनि देखाइन् । गाउँमा महिला समूहको स्थापनादेखि सहकारीमा लैजाने प्रयास, अनि गृहणीलाई उद्यम गर्ने सीप र उपायका लागि पहल गर्ने सामाजिक अभियन्ता पनि हुन् सविता ।

प्रकाशित मिति: : 2019-12-02 09:53:36

प्रतिकृया दिनुहोस्