सिटीलाई लिग कप उपाधि

गेट्टी इमेज

चेल्सीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले लिग कपको उपाधि जितेको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४-३ ले विजयी भएको हो।

खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेका थिए।

तर खेलाडी बाहिर निस्कन नमान्दा प्रशिक्षक आक्रोशित बनेका थिए। सार्रीले टाइब्रेकरका लागि केपाको स्थानमा विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजेका थिए। तर केपाले मैदान छाड्न मानेनन्। टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाए पनि जिताउन सकेनन्।

सिटीका लागि सर्जियो अग्यूरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङले गोल गरेका थिए।

चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए। डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो।

सिटीले यो सँगै लिगको छैठौं पटक उपाधि जितेको हो । प्रतियोगितामा लिभरपुलले सर्वाधिक ८ पटक उपाधि जितेको छ। सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई पेनाल्टीमा हराउँदै पाँचौ उपाधि जितेको थियो ।

प्रकाशित मिति: : 2019-02-25 09:18:12

प्रतिकृया दिनुहोस्