क्यानडामा जारी ग्लोबल टी-२० को फाइनल म्याचमा नेपाली क्रिकेटर सोमपाल कामीले प्लेइङ सेटमा ठाउँ पाएनन् । अहिले उनको टीम विनिपेग ह्वक्स डिफेन्डिङ च्याम्पियन भ्यान्कुभर नाइटससँग उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको छ ।
भ्यान्कुभर नाइटसले टस जितेर फिल्डिङ रोजेको छ । ब्याटिङको निम्तो पाएको विनिपेग ह्वक्स ब्याटिङ गरिरहेको छ ।
यसअघि भ्यान्कुभर नाइट्स ब्रम्टन वुल्भ्सलाई किनारा लगाउँदै फाइनलमा पुगेको हो भने विनिपेग ह्वक्सले पहिलो क्वालिफायरमा टोरन्टो नेशनल्स र दोस्रो क्वालिफायरमा ब्रम्टन वुल्भ्सलाई नै पन्छाउँदै फाइनल यात्रा तय गरेको हो ।