अस्ट्रेलियाका अफ स्पिनर नाथन लियोनले आफ्नै देशका अग्रज तीब्र बलर डेनिस लिलीको कीर्तिमानलाई बराबरी गरेका छन्।
इंग्ल्यान्डविरूद्ध दोस्रो टेस्ट शृंखला पहिलो इनिङमा ३ विकेट लिएका लियोनले ३ सय ५५ विकेट लिने लिलीको कीर्तिमान बराबरी गरेका हुन्। उनले ८८ टेस्टमा यो उपलब्धी हात पारेका हुन्।
लिलीले १९७१–८४ को बीचमा ७० टेस्ट खेलेका थिए। लियोनको उत्कृष्ट इनिङका कारण इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ५८ रनमा समेटिएको थियो।
अस्ट्रेलियामा सर्वाधिक विकेट लिने खेलाडीमा शेन वार्नको नाम अगाडि छ। यसपछि ग्लेन म्याग्रा रहेका छन्। वार्नले १ सय ४५ टेस्टमा ७ सय ८ विकेट। म्याग्राले १ सय २४ टेस्टमा ५ सय ६३ विकेट लिएका थिए।
लियोन टेस्टमा सर्वाधिक विकेट लिने स्पिनरमा सातौं नम्बरमा छ।
याे पनि पढ्नुहाेला।