जसप्रीत बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट लिने भारतका तीब्र बलर बन्न सफल भएका छन्। वेष्ट इन्डिजविरूद्ध २ टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो इनिङमा डेरेन ब्राभोलाई आउट गर्दै यो उपलब्धी हात पारेका हुन्।
बुमराहले ११ टेस्टमा ५० विकेट पुरा गरेका हुन्। उनले वेंकटेश प्रसाद र मोहम्मद सामीको कीर्तिमानलाई तोडेका हुन्। यी दुबैले १३–१३ टेस्टमा ५० विकेट पुरा गरेका हुन्।
भारतीय स्पिनर रवीचन्द्रन अश्विनले ९ र अनिल कुम्बलेले १० टेस्टमा ५० विकेट पुरा गरेका थिए।
स्पिनरमा हरभजन सिंह र नरेन्द्र हिरवानीले पनि ११–११ टेस्टमा ५० विकेट पुरा गरेका थिए।
याे पनि पढ्नुहाेस।
नेपालकाे पहिलाे महिला अन्तर्राष्टिूय खेलाडीकाे ६२ वर्षअघिकाे अनुभव।