बुमराहको वेष्ट इन्डिजविरूद्ध ह्याट्रिक, १६ वर्षपछि भारतीय बलरलाई ह्याट्रिक उपलब्धी

Agency

वेष्ट इन्डिजविरूद्ध दोस्रो टेस्टमा भारतका तीब्र बलर जसप्रीत बुमराहले ह्याट्रिक गरेका छन्। बुमराहले नवौं ओभरमा ह्याट्रिक पुरा गरेका हुन्। उनी टेस्ट क्रिकेटमा ह्याट्रिक लिने तेस्रो भारतीय बलर बन्न पुगेका छन्। 

यसअघि हरभजन सिंह र इरफान पठानले ह्याट्रिक लिएका थिए। एकदिवसीय र टि–२० मा उत्कृष्ट बलिङ गरिसकेका बुमराहले टेस्टमा पहिलो पल्ट प्रभावशाली बलिङ गरेका हुन्। उनले नवौं ओभरको दोस्रो बलमा डेरेन ब्राभो (४) लाई लोकेश राहुलद्धारा क्याच गराएका थिए। तेस्रो बलमा उनले सामराह ब्रुक्सलाई एलबिडब्लुको शिकार बनाए। चौथो बलमा रोस्टन चेज पनि एलबिडब्लुको शिकार भए।

हरभजनले २००१ मा अस्ट्रेलियाविरूद्ध कोलकाता टेस्टमा ह्याट्रिक लिएका थिए। इरफानले २००६ मा पाकिस्तानविरूद्ध कराची टेस्टमा ह्याट्रिक बनाएका थिए। १६ वर्षपछि भारतीय बलरले टेस्टमा ह्याट्रिक लिएका हुन्।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-09-01 14:28:21

प्रतिकृया दिनुहोस्