इशान्त शर्माले तोडे कपिल देवको कीर्तिमान

Agency

तीब्र बलर इशान्त शर्मा विदेशी भूमिमा भारतको सबैभन्दा सफल बलर बन्न सफल भएका। वेष्ट इन्डिजविरूद्ध दोस्रो टेस्टको पहिलो इनिङमा इशान्तले हेमिल्टनको विकेट लिएपछि यो उपलब्धी हात पारेका हुन्।

एशियादेखि बाहिर टेस्टमा सबैभन्दा बढी विकेट लिने कपिल देवको कीर्तिमानलाई इशान्त शर्माले भंग गरेका छन्। कपिलले विदेशी भूमिमा ४५ टेस्टमा १ सय ५५ टेस्ट विकेट लिएका थिए। इशान्तले ४६ टेस्टमा विदेशी भूमिमा १ सय ५६ विकेट लिए।

याे पनि पढनुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

एशियादेखि बाहिर विदेशी भूमिमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान अनिल कुम्बलेको नाममा छ। कुम्बलेले ५० टेस्टमा २ सय विकेट लिएका छन्। जहिर खानले विदेशी भूमिमा ३८ टेस्टमा १ सय ४७ विकेट लिएका थिए।

इशान्तले ९२ टेस्टमा २ सय ७६ विकेट लिइसकेका छन्।

प्रकाशित मिति: : 2019-09-02 12:28:50

प्रतिकृया दिनुहोस्