इटाेले लिए सन्यास

तस्बिरः एजेन्सी

बार्सिलोनाका पूर्व खेलाडी सामुयल इटोले खेलाडी जीवनबाट सन्यास लिएका छन्। बार्सिलोनामा हुँदा रोनाल्डिन्होसँगको तालमेलले तहल्का मच्चाएका इटोले इन्टर मिलानबाट पनि खेलेका थिए।

उनले आफ्नो रोलकोस्टर करियरबाट बिदा लिने सोसियल मिडियाबाट जनाएका छन्। तीन पटकका च्याम्पियन्स लिग विजेता इटोले अन्तिम पटक कतारमा खेलेका थिए। ३८ वर्षे क्यामरूनका पूर्व खेलाडी इटोले शुक्रबार सन्यासको घोषणा गरेका हुन्।

रियल मड्रिडको युथ टिममा १९९७ मा खेलेका उनले तीन वटा खेलेका थिए। बार्सिलोनामा आबद्ध भएपछि दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका उनले एउटा इन्टर मिलानबाट उचालेका थिए। उनले करियरमा कुल १५ वटा उपाधि जितेका थिए ।

राष्ट्रिय टिमबाट उनले एक सय १८ क्याप जित्दा ५६ गोल गरेका छन्। उनी क्यामरुनको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

प्रकाशित मिति: : 2019-09-07 08:01:06

प्रतिकृया दिनुहोस्