कर्णालीलाई बेलाबेला रोगव्यथाले सताइरहन्छ । यहाँ वर्षको एकपटक कुनै न कुनै जिल्लामा सामान्य राेगका कारणसमेत अप्रिय घटना घटिरहेकै हुन्छन् । चाहे हुम्लाको मौसमी रुघाखोकी होस्, चाहे जाजरकोटको झाडापखाला । कयौं नागरिकको ज्यान गैसकेको छ ।
सरकारी उदासिनता, अस्पतालको अभाव, भएका अस्पतालमा डाक्टर अभाव जस्ता कारणले कर्णाली प्रदेश पीडामै छ । राज्यको तर्फबाट मल्हम लगाउने कामसम्म नहुँदा यहाँका नागरिक आफू रैतीमात्र भएकाे महसुस गरिरहेका छन् । विशेषतः जाजरकोट विपत्तिको शिकार धेरै बनिरहेको छ ।
यस्तो दर्दनाक स्थिति रहेको जाजरकोटमा राज्यभन्दा एक कदम अगाडि रहेको कोही छ भने त्यसमा स्वभावत: पहिलो नम्बरमै आउँछ राजीवविक्रम शाहको नाम ।
जाजरकोटमा झाडा पखालाका बिरामी हुन् या उच्च रक्तस्रावले ज्यान जोखिममा रहेकी महिला, उनी एक्लैले हेलिकप्टर रिजर्भ गरेर उपचार गराएका थिए ।
बिरामीहरुलाई जाजरकोटमै उपचारको बन्दोबस्त गर्न निजी लगानीमा सामुदायिक अस्पताल बनाउन सक्रिय रहेकाले पनि उनको नाम विशेष छ । उनले यसरी गर्ने व्यक्तिगत खर्च, देशमा ठेक्कापट्टा गरेर, कम काम बढी दाम खल्तीमा हालेर वा प्रशासनिक भ्रष्टाचार गरेर कमाएका होइनन् ।
लामो समय अमेरिका बसेर स्वदेश फर्केपछि राजनीतिमा सक्रिय रहेका उनले निस्वार्थ समाजसेवा गरेर विशेष छवि निर्माण गरेका छन् । नेपाली काँग्रंसमा सक्रिय उनी दोस्रो संविधानसभाको निर्वाचनमा जाजरकोट क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
पछिल्लोपटकको संसदीय चुनावमा पराजित भएका उनी यतिबेला खेलको मोर्चामा डटिरहेका छन् । नेपाल एथलेटिक्स संघको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका उनी एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्य समेत छन् ।
मंगलबार जुम्ला पुगेका शाहसँग एथ्लेटिक्सबारे बीएल नेपालीका लागि महेश नेपालीले लामो कुराकानी गरेका थिए । प्रस्तुतत छ त्यही कुराकानिमा आधारित एक विशेष सामग्री ।
*****
मलाई बोल्न आउँदैन । लामाे समय विदेशमा बसेको हुनाले मेरो दिमागमा पहिला अंग्रेजी आउँछ, त्यसलाई नेपाली बनाउँदा भन्न खोजेको कुरा नै अल्मलिएर कता पुग्छ कता । तर, मलाई काम गर्न आउँछ । काम गर्नकै लागि म नेपाल फर्केको हुँ । नेपाल एथ्लेटिक्स संघमा आएको पनि काम गर्नकै लागि हो ।
म विदेशमा पढेको भएपनि आफ्नो देशमा आएको छु । कतिपय मान्छे विदेश गएपछि फर्केर आउँदैनन् । मेरो मनमा देशको लागि केही गरौं भन्ने पवित्र भावना छ । म जुन क्षेत्रमा छु, त्यही क्षेत्रमा राम्रो गरौं भन्ने चाहना हो ।
विदेशबाट पढेर नेपाल फर्केपछि काठमाडौँको सबै ब्यापार छाडेर पिछडिएको क्षेत्रबाट चुनाव लडेँ । त्यहाँबाट जितेर त्यहीँको लागि काम गरे । अहिले म नेपाल एथ्लेटिक्स संघमा छु । यहाँ राम्रो गर्ने योजना छ ।
म एथ्लेटिक्स संघमा आएको धेरै समयसम्म पनि कर्णालीको जुम्लामा यति राम्रो तवरले एथलेटिक्सको विकास भैरहेको बारे जानकारी थिएन । हरि रोकाया गुरु र सरोज शाहीसँग चिनजान भएपछि यहाँबाट निकै आशा लागेको छ ।
तर, नेपालको खेल क्षेत्र समस्याग्रस्त छ । पक्षपात बढी छ । चरम राजनीतिको शिकार हुनेमा खेल क्षेत्र पनि पर्छ । सबैतिर भागबन्डा भएजस्तै खेल क्षेत्र पनि अछुतो छैन । क्षमता र योग्यता भन्दा पनि राजनीतिक पहुँचको कुरा बढी छ । मलाई अनौठो लागेको यही हो ।
नेपाल हो, भागबन्डाबाट अलग हुन सकिदैन भने पनि यसमा एउटा सिस्टम त बसाल्नु प-याे नि । भाग लगाएर पठाउने राजनीतिक दलले पनि खेल क्षेत्रलाई बुझेको र दिलैदेखि माया गर्ने मान्छे पठाउन सक्नुपर्छ । मेरो कार्यकर्तालाई एड्जष्ट गर्ने ठाउँ यही हो भन्ने मानसिकता त्याग्नुपर्छ । अहिले त चक्कु चलाउने मान्छेलाई सल्यक्रिया गर्न जाउ भने जस्ताे छ । यसले बिगार्छ ।ई
नेपाल हो, भागबन्डाबाट अलग हुन सकिदैन भने पनि यसमा एउटा सिस्टम त बसाल्नु प-याे नि । भाग लगाएर पठाउने राजनीतिक दलले पनि खेल क्षेत्रलाई बुझेको र दिलैदेखि माया गर्ने मान्छे पठाउन सक्नुपर्छ । मेरो कार्यकर्तालाई एड्जष्ट गर्ने ठाउँ यही हो भन्ने मानसिकता त्याग्नुपर्छ । अहिले त चक्कु चलाउने मान्छेलाई सल्यक्रिया गर्न जाउ भने जस्ताे छ । यसले बिगार्छ ।
एउटा पार्टीको मान्छे अर्को पार्टीको मान्छकाे लागि सौताको छोरो जस्तो छ । राम्रो भएपछि त्यसलाई स्थान दिनुपर्छ भन्ने भावना हुनुपर्ने हो, तर त्यो भावना अहिले हराएको छ । मलाई यो ठुलो समस्या हो जस्तो लाग्छ । नेपाल ओलम्पिक कमिटीले पनि एकाधिकार कायम गरिरहेको छ । बाहिर खेल्न पनि आफ्ना मान्छे पठाउने सोच बढिराखेको छ । सबैतिर पोलिटिक्स छ, यो अलि बढी नै भयो ।
खेलाडीमा पनि समस्या छ । समस्या मात्र होइन झन् बढी समस्या छ । कही विदेशतिर खेल्न पठायो भने उतै हराइदिन्छ । कोचहरु समेत यस्तै काममा लागेका धेरै उदाहरण छन् । बर्दियाको कोचले हरि रोकायाको खेलाडीलाई वास्ता गर्दैन भने हामी कसरी अघि बढ्न सक्छौं ?
म पोलिटिकल ब्याकग्राउण्डबाट आएको मान्छे होइन, सामाजिक सेवाबाट आएको हो । पार्टीको केन्द्रीय सदस्यमा लड्दा मैले भनेको थिए ‘यहाँ धेरै पावर पोलिटिक्स मात्र भयो, म सिस्टम र विकासको पोलिटिक्स गर्छु । हामीले जनतालाई बिर्स्यौं । सरकार बदलिन्छ, नयाँ नयाँ मान्छे सरकारमा आउँछन् तर जनताले भनेजस्तो हुँदैन । समस्या यही हो ।’ खेल क्षेत्रमा आउँदा पनि यस्तै हो । म सिस्टम बदल्न चाहन्छु ।
कर्णालीका खेलाडी पक्षपातको सिकार भैराखेका छन् । यो चरम राजनीतिकै प्रभाव हो । यहाँ अल्ट्रा म्याराथन राम्रो भैरहेको छ । पछिल्लो समय कर्णाली स्पोर्ट क्लबले खुब राम्रो गरिरहेको छ । तर अल्ट्रा म्याराथन एउटा एक्टिभिटी मात्र हो । अब यहाँका धेरै खेलाडीले ओलम्पिकको तयारी गर्नुपर्छ ।
म बुझेर यो क्षेत्रमा आएको हो । हुन त म कुनै एक खेलमा मात्र पोख्त मान्छे होइन । ‘ज्याक अफ अल, मास्टर अफ नन’ भनेजस्तै । तर खेलमा रुचि धेरै छ । माया गर्छु । एक कार्यकाल त खेल क्षेत्र बुझ्नमै बित्यो ।
त्यसैले मेरो पहिलो कार्यकाल सिकाइमा गयो । मैले यसअघि एथ्लेटिक्स जान्ने/बुझ्ने सबैलाई जिम्मेवारी दिएको थिएँ । उहाँहरुले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पनि जानुभयो । खेलाडीलाई समेत पठाउनुभयो । काठमाडौंमा बस्ने उहाँहरु अलि जान्ने हुनुभयो । जातअनुसार पनि खेलाडीलाई विदेश पठाउने काम भयाे । पछि मलाई जिल्ला जिल्लाबाट गुनासो आयाे, उहाँहरुले एकलौटी गरिरहनुभएको छ भनेर । संघ त काठमाडौंको मात्र होइन । बाँकि जिल्लाका संघले पनि अवसर पाउनु प-यो । मैले सबैलाई मिलाएर जान खोज्दा केही समस्या पनि आयो ।
अब पूर्वाधारमा मात्र हैन, म्यानपावर पनि फोकस गर्नुपर्छ । हरि गुरु नभएको भए जुम्लामा यति धेरै खेलाडी जन्माउन सकिने थिएन । अहिले यहाँका खेलाडीको चर्चा राम्रो भैराखेको छ । त्यसको जस उहाँलाई नै जान्छ । हस्पिटल बनाएर मात्र हुँदैन, डाक्टर पनि उत्पादन गर्नुपर्छ भने जस्तै हाे । यो काम यहाँका भाइबहिनीले गर्न सक्छन् ।
पहिलो कार्यकालको सिकाइ अहिले काम लागिरहेको छ । केही गतिविधि पनि भएका छन् । तर, हुनपर्ने जति भएका छैनन् । हाम्रो एथ्लेटिक्स संघ ३९ जिल्लामा छ । तर, काम गर्ने र परिणाम दिने थोरै छन् । पछिल्लो समय जुम्ला एक हो । तर, यहाँका खेलाडीले थुप्रै समस्या भोगिरहेका छन् । खेलाडीले खाजा खर्च जुटाउन गरेको संघर्ष कारुणिक छ । यहाँबाट बाहिर खेल्न जान खर्च नभएर कति पटक जान नपाएकाे सुन्दा दु:ख लाग्छ । केही समय अगाडि यहीँकाे नरेश बुढालाई म आफैले खर्च हालेर श्रीलंका खेल्न पठाए । उसको राम्रो छ । दौडिदा लगाउने स्पोर्ट सुज छैन । तर पनि भाइबैनीहरुले गरिरहेका छन् । अभ्यास गर्ने मैदानसम्म छैन । कति ठाउँमा रंगशाला त छ तर खेल्ने खेलाडी छैनन् । यहाँ खेलाडी छन् तर मैदान छैन ।
यहाँको लागि ट्रयाक ठुलो समस्या भयो । हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरको स्थापनाका लागि पहल गर्ने योजना छ । त्यो सम्भव भए विभिन्न देशबाट तालिम गर्न आउने खेलाडीबाट उठ्ने रकमले खेलाडीलाई मद्दत पुग्नेछ । त्यो पनि कहाँ बनाउने भन्नेबारे विवाद छ । आयोजनामा घोटाला पनि उस्तै छ । एउटा राम्रो मापदण्डको ट्रयाक बनाउन आठ करोडभन्दा बढी रकम खर्च हुँदैन । तर, नेपालमा एउटा ट्रयाक बनाउन २६ करोडसम्म खर्च भैरहेको छ । यो स्थितिले यहाँ के भैरहेको छ भन्ने संकेत गर्छ, तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ ।
त्यसैले म त भन्छु अब पूर्वाधारमा मात्र फोकस होइन । म्यानपावर पनि चाहिन्छ । हरि गुरु नभएको भए जुम्लामा यति धेरै खेलाडी जन्माउन सकिने थिएन । अहिले यहाँका खेलाडीको चर्चा राम्रो भैराखेको छ । त्यसको जस उहाँलाई नै जान्छ । हस्पिटल बनाएर मात्र हुँदैन, डाक्टर पनि उत्पादन गर्नुपर्छ भने जस्तै हाे । यो काम यहाँका भाइबहिनीले गर्न सक्छन् ।
अहिले हामीले १० जिल्लाको जुनियर र ओपन तयारी गरिरहका छौं । अन्तरदेशीय खेल पनि गर्न चाहन्छौं । संसारमा सहरपिच्छे म्याराथन छन् । न्युओर्क म्याराथन छ । बोष्टन म्याराथन छ । लण्डन म्याराथन छ । बर्लिन म्याराथन छ । बम्बै म्याराथन छ । ती सबै ठाउँमा नेपालका सहभागिता गराउने योजना छ ।
धेरैले खेलाडीको भविष्य छैन भन्छन् । तर, त्यो पूर्ण रुपमा सत्य होेइन । नेपालमा पैसा नभएपनि इज्जत छ । तर अब आम्दानीतिर पनि लाग्नु पर्छ । खेलाडीको भविष्यको विषयमा पनि सोचिरहेको छु । प्राइभेट कम्पनीलाई पनि स्पन्सरसिप गराउँछु । तर, अब खेलाडीले राम्रो गर्न जरुरी छ ।
जुम्लाका भाइ-बहिनीलाई खेलमा निरन्तर लागिरहन म आग्रह गर्छु । खेल सँगसँगै अध्ययनलाई पनि ध्यान दिनु । अब कोच बन्न पनि अन्तर्राष्ट्रियस्तरका कोर्ष पूरा गर्नुपर्छ । हिजो केही गर्न सकेन भने यसलाई अब आर्मी, पुलिस वा खेलाडी बनाइदिनुपर्छ भन्ने थियाे । तर अब त्यो जमान रहेन । अब त अध्ययन अनिवार्य हो ।
अर्को ठुलो समस्या भनेको खेलकुदको सम्पत्तिको पनि हो । धेरै ठाउँमा खेलकुदको सम्पत्ति अरुले प्रयोग गरिरहेका छन् । त्यो खेलकुदकै हुनुपर्छ । जुम्लाको खेलकुदको जग्गा पनि कब्जा भैरहेको छ । यो गलत छ । यहाँ बालुवाटार लिइसके हाम्रो सम्पत्ति लिदैनन भन्ने के छ ?
खेलाडी र टेक्निकल म्यानपावरको क्षमता वृद्धिका कार्यक्रम गर्ने योजना बनाएको छु । प्रशिक्षक र प्राविधिकलाई विभिन्न देशमा तालिमको व्यवस्था गर्ने योजना छ । खेलाडीको बिमा, नियमित प्रशिक्षण र सेवा-सुविधामा ध्यान दिनेछौँ ।
अब व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ । राजनीतिक पावरले होइन । कामको मूल्यांकन गर्दै राम्रा खेलाडीलाई जन्माउने र प्राथमिकता दिनेमा केन्द्रित हुनेछौं । खेलकुदमा राजनीति मिसाउनु हुँदैन भन्ने मेरो प्रष्ट मान्यता छ ।
जुम्लाका भाइ-बहिनीलाई खेलमा निरन्तर लागिरहन म आग्रह गर्छु । खेल सँगसँगै अध्ययनलाई पनि ध्यान दिनु । अब कोच बन्न पनि अन्तर्राष्ट्रियस्तरका कोर्ष पूरा गर्नुपर्छ । हिजो केही गर्न सकेन भने यसलाई अब आर्मी, पुलिस वा खेलाडी बनाइदिनुपर्छ भन्ने थियाे । तर अब त्यो जमान रहेन । अब त अध्ययन अनिवार्य हो ।
'कर्णालीका खेलाडी पक्षपातको सिकार भैरहेका छन् '
हरि गुरु नभएको भए जुम्लामा यति धेरै खेलाडी जन्माउन सकिने थिएन । अहिले यहाँका खेलाडीको चर्चा राम्रो भैराखेको छ । त्यसको जस उहाँलाई नै जान्छ । पूर्वाधार बनाउनु तर खेलाडी तयार नगर्नु भनेको हस्पिटल बनाउनु तर डाक्टर उत्पादन नगर्नु भने जस्तै हो।
ब्रेन ड्रेन हैन ब्रेन ब्याक : राजीव विक्रम शाह- अध्यक्ष, नेपाल एथलेटिक्स संघ । तस्विर : फाइल तस्बिर ।