दक्षिण अमेरिकाका दुई प्रतिस्पर्धी फुटबल राष्ट्र अर्जेन्टिना र चिलीबीचको प्रतिद्धन्द्धीता बिहीबार त्यतिबेला देखियो, जब लस एञ्जिलिस स्मृति कलेजियममा दुई देश मैत्रीपूर्ण खेलका लागि उत्रिए। यो खेलमा दुबै टिमका १० खेलाडीले पहेँलो कार्डको सामना गर्नु पर्यो र खेल गोलरहित बराबरीमा टुँगियो।
खेलमा अर्जेन्टिनाको ६ खेलाडी र चिलीका ४ खेलाडीले पहेँलो कार्ड पाएका थिए।
अर्जेन्टिनाले आफ्नो स्टार खेलाडीलाई विश्राम दिएको थियो। लिओनल मेसी तीन अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध झेलिरहेका छन्। त्यसैले उनी अर्जेन्टिनाको तीन खेलमा अनुपस्थित हुनेछन्। यस्तै, सर्जियो अगुइरो र एञ्जेल डि मारिया पनि टिममा समावेश थिएनन्।
अर्जेन्टिना र चिलीबीच यो ९२ खेल थियो र २३ खेल बराबरीमा टुँगिएको हो। अर्जेन्टिना र चिली २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा भिडेका थिए। दुबै पल्ट चिली बिजयी भएको थियो।
यस वर्ष तेस्रो स्थानका लागि भएको कोपा अमेरिकामा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको थियो।