बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

तस्बिरः बिएल

श्रीलंकामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनल दौडबाट नेपाल बाहिरिएको छ। आइतबार कोलम्बोमा खेलेको दोस्रो खेलमा टेष्ट राष्ट्र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल एक खेल अगावै बाहिरिएको हो।

नेपाललाई हराएको बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको २६१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बंगलादेशले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्‍यो। बंगलादेशको जितमा अकबर अलिले सर्वाधिक ९८ रनको इनिङ्स खेले। यस्तै तोहिड ह्रिडोले ६० रन बनाउँदा साइमन हसनले ४२ रनमा नटआउट रहे। यस्तै महम्दुल हसन जोयले ४० रन जोडेका थिए।

नेपालका लागि कमल सिंह ऐरीले २ तथा रासिद खान र हरिवबहादुर चौहानले समान १-१ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-09-08 17:13:58

प्रतिकृया दिनुहोस्