बेल्जियमको प्रभावशाली जितमा स्कटल्याण्ड युरोकप छनोटबाट बाहिरियो

तस्बिरः एजेन्सी

आगामी वर्ष हुने युरो कप छनोट अन्तर्गतको खेलमा बेल्जियमले शानदार जित हात पारेको छ। 

गएराति भएको खेलमा बेल्जियमले स्कटल्याण्डमाथि ४–० को फराकिलो जित निकालेको हो। हारसँगै स्कटल्याण्डको युरोकप खेल्ने सम्भावना सकिएको छ।

केभिन डी ब्रुयना प्रेरित बेल्जियमले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। बेल्जियमको चारै गोलमा ब्रुयना संलग्न रहे।

खेलको ९ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले केभिन डी ब्रुनेको पासमा गोल गरेका थिए।

केभिनकै पासमा खेलको २४ औं मिनेटमा गोल गर्दै थोमसले बेल्जियमको अग्रता दोब्बर पारेका थिए।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

खेलको ३२ औं मिनेटमा टोबी एल्डरविरेल्डले गोल गरेपछि  बेल्जियम पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। दोस्रो हाफमा बेल्जियमले थप एक गोल गरेको थियो। खेलको ८२ औं मिनेटमा केभिन ब्रुनेले गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए। 

जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको बेल्जियमले ६ खेलबाट १८ अंक जोडेको छ। पराजित भएको स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ।स्कटल्याण्ड दोस्रो स्थानको रूस भन्दा ९ अंकले पछाडि परेको छ। स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ।

 

प्रकाशित मिति: : 2019-09-10 08:00:38

प्रतिकृया दिनुहोस्