जोर्डनसँग नेपालको ७-० को लज्जास्पद हार

तस्बिरः बिएल

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार घरेलु टोलीले नेपाललाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै विजयी सुरूवात गरेको हो।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनविरुद्ध नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो ।

सन् २०२० मा आयोजना हुने यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ ।

यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा समूहको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । विभिन्नन ११ समूहका विजेता दोस्रो चरणमा पुग्नेछन्।

प्रकाशित मिति: : 2019-09-14 21:45:18

प्रतिकृया दिनुहोस्