प्रिमियर लिगमा म्यान्चेस्टर सिटी नोरिचसँग स्तब्ध, सिजनको पहिलो हार

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यान्चेस्टर सिटीलाई ३-२ गोलले स्तब्ध पारेको हो।

सिटीका लागि नयाँ सिजनमा पाँचौं खेलमा पहिलो पराजय हो। नोरिजका लागि भने पाँचौं खेलमा दोस्रो जित हो।

खेलको १८ औं मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोरिचले त्यसको १० मिनेटपछि टड क्यान्टवेलले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।

सर्जियो एग्यूरोले ४५ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोरिचले २-१ को अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरूमै नोरिचले ३-१ को अग्रता बनायो। तिमू पुक्कीले गोल गरेका थिए ।

८८ औं मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे। तर अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोरिचबिरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन। अन्ततः ३-२ ले पराजय व्यहोर्न बाध्य भयो। यो सँगै सिटी ५ खेलबाट १ हार र १ बरबरीसहित १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ५ खेलबाट १५ अंक छ।

प्रकाशित मिति: : 2019-09-15 08:41:10

प्रतिकृया दिनुहोस्