सचिनलाई क्रिकेटमा मौका दिने क्रिकेटर माधव आप्टे रहेनन्

Agency

भारतका पूर्व टेस्ट क्रिकेटर माधव आप्टेको सोमबार बिहान निधन भएको छ। ८६ वर्षीय माधवको ह्दयघातका कारण मुम्बईको ब्रीच केन्डी अस्पतालमा निधन भएको हो।

उनको निधनमा भारतका पूर्व दिग्गज क्रिकेटर सुनिल गावस्कर र सचिन तेन्दुलकरले शोख व्यक्त गरेका छन्। 

भारतका ओपनिङ ब्याट्सम्यान माधवले छोटो समय मात्र क्रिकेट खेले। उनले ७ टेस्टमा १ सतक र तीन अर्धसतकको सहयोगले ४९ दशमलव २७ को औसतमा ५ सय ४२ रन बनाएका थिए। वेष्ट इन्डिजविरूद्ध अविजित १ सय ६३ रन उनको करिअरकै उत्कृष्ट इनिङ थियो।

उनले सन् १९५२ मा पाकिस्तानविरूद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनी अर्को वर्ष नै किंग्सटनमा वेष्ट इन्डिजविरूद्ध क्रिकेट खेल्दै टोलीबाट बाहिरिएका थिए।

जुनेली रातमा एक्लै नाँच्ने केटो (भिडियोसहित)

माधव आप्टेले भारतका महान ब्याट्सम्यान तथ उनीभन्दा निकै जुनियर सचिन तेन्दुलकरसँग पनि क्रिकेट खेलेका थिए। सचिनले सोशल मिडियाबाट यसको जानकारी दिँदै लेखेका छन्, ‘आप्टे सरसँग मेरोे थुप्रै स्मरण जोडिएको छ। म १४ वर्षको हुँदा शिवाजी पार्कमा उहाँसँग क्रिकेट खेल्ने संयोग जुरेको थियो। मलाई अझैं स्मरण छ, उहाँले १५ वर्षको उमेरमा सिसिआईबाट क्रिकेट खेल्ने अवसर प्रदान गर्नुभएको थियो। उहाँको सधै मप्रति समर्थन थियो। उहाँको आत्मालाई शान्ति मिलोस्।’ 

सचिनकै साथी विनोद काम्बलीले पनि अप्टेको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2019-09-23 15:05:09

प्रतिकृया दिनुहोस्