अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नले एक वर्ष गाडी कुदाउन नपाउने भएका छन्। दि टेलिग्राफ पत्रिकाका अनुसार उनले पछिल्लो २ वर्षको अन्तरालमा ६ पल्ट ट्राफिक नियम उल्लंघन गरेपछि १२ महिनाका लागि प्रतिबन्ध लगाइएको हो।
वार्नले पनि आफ्नो गल्ती स्विकार गरिसकेका छन्। उनले पछिल्लो वर्ष लन्डनमा ज्यागुआर कार ६४ किलोमिटर प्रतिघण्टाको मानक नियमको उल्लंघन गरेका थिए। वार्न हाल पश्चिमी लन्डनमा बसोबास गर्छन।
५० वर्षीय वार्नविरूद्ध गत वर्षदेखि नै अदालतमा मुद्धा थियो। उनी मुद्धाको बेला अदालतमा अनुपस्थित रहदै आइरहेका थिए। उनलाई अदालतले ३ हजार अमेरिकी डलर जरिवाना पनि सुनाएको छ। जिल्ला अदालतका न्यायाधीस एड्रियन टर्नरले भने, ‘शेन वार्नले अप्रिल २०१६ देखि अगस्ट २०१८ सम्म ६ पल्ट ट्राफिक नियम उल्लंघन गरेका छन्। यसैले उनीविरूद्ध १२ महिना प्रतिबन्धको सजाय सुनाइन्छ।’
वार्नको अस्ट्रेलिया र लन्डन दुवै ठाउँमा घर छ। उनी हाल इंग्ल्यान्डको टि१० क्रिकेटमा प्रशिक्षण दिने गर्छन।