बार्सिलोनाका कप्तान लियोनल मेसी फिफा वर्ष खेलाडी २०१८ भएका छन्। सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेसीले यो अवार्ड जितेका हुन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान आयोजित विशेष कार्यक्रममा मेसीलाई 'द बेष्ट' अवार्ड प्रदान गरेको हो।
मेसीले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर, ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो त्यसमा मेसीको भूमिका महत्वपूर्ण थियो।
गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी कुल ५८ खेलमा ५४ गोल गरेका मेसीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।
केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर मेसीले भान डिजेकलाई पछि पारे । मेसी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन्।
उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् ।
यसैगरी महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् ।
यस्तै फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।
वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जितेका थिए ।
फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् ।
फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जिते ।