इवारको पूनरागमन जितमा सेभिल्ला स्तब्ध

तस्बिरः एजेन्सी

इवारको जितमा फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले गोल गरेका थिए। सेभिल्लाका लुकास ओकाम्पस र ओलिभर टोरेसले गोल गरे।

खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै सेभिल्लालाई सुरूवाती अग्रता दिलाए। ३३ औं मिनेटमा ओलिभरले गोल गर्दै घरेलु टोलीविरुद्ध सेभिल्लाले पहिलो हाफमा अग्रता दोब्बर पार्‍यो।

पहिलो हाफमा पछि परेको घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ६६औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। ७७औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

८२औं मिनेटमा जोसेले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए। ला लिगाको नयाँ सिजनमा इवारको यो पहिलो जित हो। इवारले २ बराबरी र ३ हार बेहोरेको छ।

जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । सेभिल्ला १० अंकसहित सातौ स्थानमा छ ।

प्रकाशित मिति: : 2019-09-27 07:28:37

प्रतिकृया दिनुहोस्