भ्रष्टाचार छानवीनको डरले भारतमा उपमुख्यमन्त्रीका पिएद्धारा आत्महत्या

Agency

कर्नाटकाका पूर्व उपमुख्यमन्त्री जी परमेश्वरको गोप्य स्थानहरूमा आयकर विभागले छापा हानेपछि उनका निजी सहायक (पिए) ले आत्महत्या गरेका छन्।

शनिबार बेङ्गलुरु विश्वविधालयको एउटा रुखमा परमेश्वरका पिए रमेश झुन्डिरहेको अवस्थामा फेला परेका थिए।

भारतीय सेना अमेरिकामा सैन्य अभ्यासमा व्यस्त

स्थानिय प्रहरीले उनीबाट एउटा ‘सुसाइड नोट’ फेला परेको र त्यो कागजमा उनी छापाबाट निकै चिन्तित रहेको उल्लेख भएको बताएको छ।

प्रहरीलाई प्राप्त ‘सुसाइड नोट’ मा उनले आत्मसम्माको रक्षाका लागि आफूले ज्यान दिने निधो गरेको उल्लेख छ। कांग्रेसी नेताले शनिबार आयकर विभागको कार्यालय अगाडि प्रत्याडनाको आरोप लगाउँदै विरोध प्रर्दशन गरेका छन्।

दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता,केके भए १९ घण्टामा ?

प्रहरीका अनुसार रमेश आठ वर्षदेखि परमेश्वरका निजी सहायक थिए। उनले ‘सुसाइड नोट’ मा आफ्नो परिवारका अन्य सदस्यलाई दुःख नदिन आयकर विभागका पदाधिकारीसमक्ष अपील पनि गरेका छन्।

छापाको विषयलाई लिएर आयकर विभागले आउँदो मंगलबार परमेश्वरलाई सोधपुछका लागि बोलाएको थियो।

आयकर विभागका पदाधिकारीका अनुसार कांग्रेसी नेता परमेश्वरको घरमा छापा मार्दा शनिबार मध्य रातसम्म रमेश घरमै उपस्थित थिए।
परमेश्वरको घरबाट ४ करोड ५२ लाख रुपैयाँ बरामद गरेको थियो। आयकर विभागले परमेश्वरको ३५ वटा स्थानमा छापा हानेको थियो।

प्रकाशित मिति: : 2019-10-13 17:37:22

प्रतिकृया दिनुहोस्