प्रधानमन्त्री ओलीले सम्झिए देउवासँगै जेल बसेको घटना !

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल बसेको सम्झना गरेका छन् ।

दशैं तिहार लगायतका चाँडपर्वको अवसर पारेर कांग्रेसले आयोजना गरेको चियापानमा सहभागी हुन कांग्रेस कार्यालय सानेपा पुगेका प्रधानमन्त्री ओली उक्त कुराको सम्झना गरेका हुन् ।

 ‘शेरबहादुर देउवा र म ४५ वर्षदेखिका साथी हौं । सँगै जेल बसेका छौं । लोकतन्त्रका लागि सँगै लडेका छौं’ उनले भने,‘रामचन्द्र पौडेलजी पनि त्यतिबेला देखिकै साथी हो ।’चाँडपर्वले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘हामी सबैले यस्ता चाँडहरु मान्ने परिपाटीलाई निरन्तरता दिन जरुरी छ’ प्रधानमन्त्रीले भने,‘ यो शोखमा मात्र तयार भएको होइन । यस्ता चाँडहरु सुसम्बन्ध बनाइ राख्न बनेको हो ।’

प्रकाशित मिति: : 2019-10-13 18:06:51

प्रतिकृया दिनुहोस्