च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्नेछु: नेयमार

तस्बिरः एजेन्सी

ब्राजिलियन सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का महत्त्वपूर्ण खेलाडी नेयमारले अर्को साता हुने च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडविरुद्व मैदानमा उत्रने पनि बताए।

पीएसजीका फरवार्ड पछिल्लो समय चोटका कारण मैदान बाहिर छन्।सोही कारण उनले अन्तराष्ट्रिय विश्रामको दौरान ब्राजिलबाट मैत्रीपूर्ण खेलहरु गुमाएका थिए।

नेयमारको टिम पीएसजी अर्को हप्ता मंगलबार रियल मड्रिडको भ्रमण गर्दैछ।

उनले आफ्नो बारेमा स्पष्ट पार्दै स्याटियागो वर्नवेउमा आफुले खेल्न पाउने विश्वास ब्यक्त गरेका छन्। मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु।’

च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ। चोटका कारण नेइमारले ब्राजिललको अन्तर्राष्ट्रिय खेल पनि गुमाइ रहेका छन्।

सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेयमारले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गरिरहनु परेको छ।

प्रकाशित मिति: : 2019-11-21 08:05:21

प्रतिकृया दिनुहोस्