पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाको अग्रता

तस्बिरः एजेन्सी

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले ७२ रनको अग्रता बनाएको छ।

दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ३१२ रन बनाउँदा १ विकेट मात्रै गुमाएको छ। अस्ट्रेलियाका डेभिड वार्नर १५१ रनमा अविजित रहेका छन् भने मार्नस लबस्चाग्नेले ५५ रन बनाएर साथ दिइरहेका छन्।

वार्नरसँग पहिलो विकेटका लागि २२२ रनको साझेदारी गरेका जोए बर्न्स ९७ रन बनाएर आउट भए । उनको विकेट पाकिस्तानका यासिर शाहले लिएका हुन्।

यसअघि सबेनमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २४० रन बनाएको थियो।

असाद शफिकले ७६ रन बनाएका थिए। कप्तान अजर अलीले ३९ रन तथा मोहम्मद रिजवानले ३७ रन बनाए। ७५ रनको पहिलो विकेटको साझेदारी भए पनि बाँकी ३ रन जोड्न ४ विकेट पाकिस्तानले गुमाएको थियो।

प्रकाशित मिति: : 2019-11-22 17:08:48

प्रतिकृया दिनुहोस्