पाकिस्तानका १६ वर्षीय क्रिकेटर फेरि उमेर विवादमा

Agency

१६ वर्षमा टेस्ट क्रिकेटमा डेब्यु गरेको भनिएको पाकिस्तानका तीब्र गतिका बलर नसिम शाहको उमेरलाई लिएर फेरि विवाद उब्जिएको छ। पाकिस्तानका एउटा पत्रिाले नसिमको उमेर तीन वर्षअगाडि नै १६ वर्ष भएको रहस्योद्घाटन गरेपछि विवादले जन्म लिएको हो।

पाकिस्तानका खेल पत्रकार साज सादिकले एक वर्षअघि एउटा ट्वीट गर्दै नसिम १७ वर्षको भएको बताएका थिए। एक वर्षपछि उनको उमेर बढ्नुको सट्टा घटेको विषयलाई लिएर पत्रिकाले आलोचना गरेको छ।

तीन वर्षअघि पाकिस्तानमा क्रिकेटको विषयलाई लिएर भएको एउटा रियालिटी सोमा वेष्ट इन्डिजका पूर्व महान बलर एन्डी रोबर्टस, दक्षिण अफ्रिकाका जोन्टी रोड्स र अस्ट्रेलियाका डेमियन मार्टिन तथा न्युजिल्यान्डका डेनी मोरिसन सहभागी थिए। ७ अक्टुबर २०१६ मा ‘द डन’ पत्रिकामा प्रकासित लेखमा रोबर्टसले भनेका थिए, ‘१६ वर्षीय नसिमबाट म निकै प्रभावित छु। कम उमेरमा पनि उसँग गजबको तीब्रता छ।’

भारतका पूर्व क्रिकेटर मोहम्मद कैफले नसिमको उमेर विवादलाई लिएर ट्वीट गरेका छन्। उनले भनेका छन्, ‘यो केटाको उमेर बढ्नुको सट्टा झन् घट्दै गइरहेको छ।’

पाकिस्तानमा खेलाडीको उमेरलाई लिएर विवाद भएको यो नौलो घटना होइन। यसअघि साईद अफ्रिदीको उमेरलाई लिएर पनि विवाद भएको थियो।

प्रकाशित मिति: : 2019-11-24 22:50:05

प्रतिकृया दिनुहोस्