ला लिगा: बिलबाओ क्लब विजयी, उक्लियो पाँचौं स्थानमा

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ।

आइतबार राति भएको खेलमा एथ्लेटिकले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

एथ्लेटिकको जितमा विकी विलियम्स र कोनन कोद्रोले एक एक गोल गरे। यता बिलबाओको लागि इजिक्विल एभिल्लाले गोल गरे।

२१ औं मिनेटमा विलियम्सले गोल गर्दै एथ्लेटिकलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको ओसासुनाले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो।

उसका लागि एभिल्लाले गोल गरेका थिए। ७९ औं मिनेटमा एथ्लेटिकका लागि कोद्रोले गोल गर्दै जित दिलाए।

जितसँगै एथ्लेटिक क्लब २३ अंकसहित पाँचौं स्थानमा छ भने पराजित भएको ओसासुना १९ अंकसहित १२ औं स्थानमा छ।

यस्तै, इस्पानियोल र गेटाफे भने एक एक गोलको बराबरी खेलेका छन्।

तेस्रो मिनेटमै माटाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए।

४५ औं मिनेटमा लु विइले गोल गर्दै इस्पानियोललाई बराबरीमा ल्याएका थिए।

गेटाफे २१ अंकसहित सातौं स्थानमा छ भने इस्पानियोल ९ अंकसहित रेलिगेशन जोनमा छ।

प्रकाशित मिति: : 2019-11-25 07:11:36

प्रतिकृया दिनुहोस्