दशरथ रंगशालामा फुटबल टाेलीले गरे अभ्यास

बिएल

दक्षिण एसियाली खेदकुद (साग)को तयारीमा रहेको नेपाली फुटबल टिमले दशरथ रंगशालामा अभ्यास गरेको छ। सोमबार नेपाली टोलीले रंगशालामा अभ्यास थालेको हो।

२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। अधिकांश काम सकिएको भए पनि भीआईपी प्याराफिट हाल्ने काम भइरहेको छ।

साधारण प्याराफिटतर्फ भने लगभग १२ हजार सिट राखिसकेको छ। एथ्लेटिक्स ट्रयाक र स्कोरबोर्ड पनि तयार भएको छ।

कूल १५ वटा छानो राख्नुपर्नेमा अहिलेसम्म ५ वटा राखिएको छ भने अझै ९ वटा जडान गर्न बाँकी छ।

शुरुमा ट्रस्ट राख्नुपर्छ, त्यसपछि छाना राख्नु पर्नेछ। यो दुवै काम चलिरहेको छ।

फ्लड लाइट जडान भइसकेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरिसकेकाे छ।

राखेपाले फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरेको छ।

प्रकाशित मिति: : 2019-11-25 14:43:40

प्रतिकृया दिनुहोस्