फाबिन्हो नयाँ बर्षसम्म मैदान नर्फकने

तस्बिरः एजेन्सी

लिभरपुलका मिडफिल्डर फाबिन्हो अर्को बर्षसम्म मैदान बाहिर रहने भएका छन्। च्याम्पियन्स लिग फुटबलका नापोलीविरुद्व उनले पैतालामा चोट बोकेका थिए।

प्रिमियर लिगको १ खेल मात्रै गुमाएका २६ बर्षिया मिडफिल्डर फाबिन्हो प्रशिक्षक युर्गेन क्लोपको मुख्य रोजाइका खेलाडी हुन्। उनी आफ्नै सहकर्मी डियान लोभ्रेनसँग ठोक्किदा उनको  पैतालामा चोट लागेको हाे। सोही कारण उनी १९ औं मिनेटमा मैदानबाट निकालिएका थिए। उनको स्थानमा जर्जिन्हो विज्नाल्डम मैदान प्रवेश गरेका थिए।

लिभरपुलले फाबिन्होको पैतलाको लिगामेन्ट च्यातिँएको बताएको छ। जसले गर्दा फाबिन्हो नयाँ बर्षसम्म मैदान नर्फकने बताएको छ।

'यो निकै खराब समाचार हो। फाबिन्हो जस्तो स्तरीय खेलाडी गुमाउनु ठुलो कुरा हो। हामी अझै ढुक्क छैनौ। हामीलाई दुखी बनाएको छ।' प्रशिक्षक क्लोपले भनेका छन्।

फाबिन्होले यस सिजन १३ खेल मध्य १२ खेल सुरुवातमा रहेर खेलेका थिए। अब उनको स्थानमा सही विकल्प छनोट गरिने प्रशिक्षक क्लोपले बताए। 'खेलाडीले चोट बोक्ने हामीमात्र क्लब हैनौ।' प्रशिक्षक क्लोपले भने, 'हामीले यसलाई स्विकार गर्नै पर्छ।'

लिभरपुलले आगामी ३४ दिनमा ११ खेल खेल्नेछ। जसमा प्रिमियर लिग, च्याम्पियन्स लिग, काराबाओ कप र क्लब विश्वकप रहेका छन्।

लिभरपुललाई प्रिमियर लिगमा ८ अंकको स्पष्ट अग्रता छ।

प्रकाशित मिति: : 2019-11-30 08:03:01

प्रतिकृया दिनुहोस्