प्रयोगकर्ताको अनुमतिबिनानै १५ लाख इमेल फेसबुकले लिएको खुलासा

फेसबुकले प्रयोगकर्ताको स्वीकृतिबिना नै आफूले १ दशमलब ५ मिलियन ( १५ लाख) इमेल ठेगाना लिएको स्वीकार गरेको छ । विश्वकै सबैभन्दा ठूलो सोसियल नेटवर्क फेसबुकले सो कुरा स्वीकार गरेको हो । केही वर्षअघि डिजाइन परिवर्तन गर्ने क्रममा आफूले नचाहेरै पनि ती इमेल अपलोड भएको र तिनलाई डिलिट गर्ने प्रक्रिया अहिले चलिरहेको समेत सो कम्पनीले जनाएको छ ।

यो प्रक्रिया तीन वर्ष अघि नै शुरु भएको चर्चा गर्दै प्रयोगकर्ताको स्टेप बाई स्टेप भेरिफिकेसन प्रोसेस अघि बढाएपछि यस्तो भएको जनाएको छ । यो परिवर्तन भन्दा अघि प्रयोगकर्तालाई आफ्नो इमेल कन्ट्याक्ट लिस्ट दिन आग्रह गर्ने गरिएको र त्यसो गर्दा पहिला नै फेसबुक भएकाहरु साथी बन्न सजिलो हुने गरेको जनाइएको छ ।

ad ad ad
तर, सन् २०१६ को मे महिनामा फेसबुकले प्रयोगकर्ताको व्याख्या सम्बन्धी विषय त्यसबाट हटाएपनि प्रयोगकर्ताले फेसबुकमा साइन इन गर्नासाथै कन्ट्रयाक्ट लिस्ट सर्भरमा अपलोड हुने गरेको फेसबुकले जनाएको छ । यसो हुनु भनेको कतिपयको इमेल ठेगाना उनीहरुको जानकारीबिना नै फेसबुकमा अपलोड हुनु भएको जनाइएको छ...

प्रकाशित मिति: : 2019-04-21 08:30:38

प्रतिकृया दिनुहोस्