हुवावेले ‘गलत कुरा गरेको छैन’-अध्यक्ष कोअ पिङ

सिन्ह्वा

हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनी हुवावेका अध्यक्ष कोअ पिङले बताएका छन्।

साइबर सुरक्षाबारे मंगलबार बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसको छलफलमा उनले यस्तो बताएका हुन्।

‘हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएको छ,’ उनले भने।

साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रबिधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफबाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

फाइभ–जी तथा अत्याधिक–उच्च गतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

एमडब्लुसी २०१९ मा बोल्दै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उनले भने, ‘हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।’

उनले फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित रहेको दाबी गरे। ‘हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ।’

हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उनले बताए।

एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मूल्यमान्यतालाई सधैं आत्मसात गर्ने उनको दाबी थियो।

प्रकाशित मिति: : 2019-02-26 22:37:15

प्रतिकृया दिनुहोस्