जुकरबर्गले श्रीमतीका लागि बनाए ‘स्लिप बक्स’

श्रीमतिसाग जुकरबर्ग

सोसल नेटवर्किङ साइट फेसबुकका सिईओ मार्क जुकरबर्ग यतिबेला आफ्नो फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेको तस्बिरका कारण चर्चामा छन्।

उनले पोस्ट गरेको तस्बिर सोसल मिडियासँग सम्बन्धित होइन। तर, उनले निमार्ण गरेको बस्तुको कहानी भने रोचक छ।

उनले आफ्नी श्रीमती डा. प्रिसिला चानको सुविधाका लागि यसको निमार्ण गरेका हुन्। वास्तवमा चान आफ्नो बच्चालाई स्कुलका लागि तयार गर्न बिहानै उठ्ने गर्छिन्। कहिलेकाहीँ उनी समयभन्दा अगाडि नै उठ्छिन्। छिटो उठेको बेला मोबाइलमा समय हेरेपछि उनलाई पुनः निदाउँन गाह्रो पर्ने गरेको थियो।

यसैको सुविधाका लागि जुकरबर्गले ‘स्लिप बक्स’ को निमार्ण गरेका हुन्। सानो काठको बाक्साबाट बनाइएको ‘स्लिप बक्स’ ले बिहान ६ देखि ७ बजेसम्म चहँकिलो उज्यालो दिने गरेको छ।

अरु बेला यसको उज्यालो मधुरो हुने गर्छ। चानको निन्द्रा राति कचल्टिएको खण्डमा उनले ‘स्लिप बक्स’ लाई हेरेर उठ्ने बेला नभएको अन्दाज लगाउन सक्नेछिन्।

उनले आफ्नो पोस्टमा भनेका छन्, ‘अहिलेसम्म यसले सोचेभन्दा राम्रो काम गरिरहेको छ। उनी राति मज्जाले सुत्न थालेकी छिन्।’

प्रकाशित मिति: : 2019-04-29 09:41:25

प्रतिकृया दिनुहोस्