साग अपडेट : नेपाललाई १५ स्वर्ण,चार रजत र छ काँस्य, कसले कुन खेलमा कुन पदक जिते ?

बिएल

नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको दोस्रो दिन १५ पदक जित्दै सानदार सुरुवात गरेको छ । नेपालको लागि फलदायी बनेको सोमबार मार्सल आर्ट्सका खेल कराते र तेक्वान्दोले ७-७ पदक ल्याउँदा ट्रायथलनले एक पदक जित्यो। यता ब्याडमिन्टनमा काँस्य हात पारेको छ।

सोमबार पोखरा र ललितपुरमा भएको खेलमा नेपालले १५ स्वर्ण,दुई रजत र पाँच काँस्य गरी कूल २४ पदक जीतेको छ। 

कराँतेमा ७ स्वर्ण, एक रतज र एक काँस्य

नेपाललाई कराँतेमा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे।

यस्तै कराँतेकै पुरुष टिम कातामा नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जिते। योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ। नेपाली टिमले फाइनलमा २५‍‍.५४ अंक प्राप्त गर्यो। यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो।

यता,महिला टिम कराँते कातामा नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको छ। कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिताएकी हुन्।

काताको फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो। यस्तै एकल महिला कातामा चन्चला दनुवारले रजत जितिन् ।

कराँतेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितिन्। कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३–२ अंकले पराजित गरिन्। पहिलो चरणमा कुसुमले श्रीलंकाकी सेनारथ अराचिगेलाई ७–६ अंकले पराजित गरेकी थिइन्।

कराँतेकै दिवस श्रेष्ठले कुमुतेतर्फ रजत पदक जिते। दिवसले पुरुष ८४ केजीमा रजत जितेका हुन्।

पाकिस्तानका अवाइस मोहम्दसङ २–२ को बराबरी गरेपनी धेरै फल गर्दै धेरै चेतवानी पाएपछि अयोग्य बनेका थिए। खेलमा अग्रता बनाएपनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।

सेमिफाइनलमा दिवसले बंगलादेशका मोहम्मद राम्जनलाई ६–१ अंकले हराएका थिए। यस्तै पाकिस्तानका अवाइसले श्रीलङ्काका जयाकोडीलाई ८–४ अंकले पराजित गरे।

कराँतेकै पुरुष कुमुतेतर्फ विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ अनु अधिकारीले स्वर्ण जितिन्।

यता,कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते। लक्ष्मणले ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। उनले बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे। बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन्। सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए।

तेक्वान्दोको १३ वटा पुम्से पदकमा नेपाललाई ७ स्वर्ण, ३ रतज र ३ काँस्य

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्फ कुल ७ स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३स्वर्णको प्रतिस्पर्धामा नेपालले सात स्वर्ण जितेको हो।

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा कमल श्रेष्ठले एक स्वर्ण थप गरे। उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने पहिलो नेपाली तेक्वान्दो खेलाडीसमेत बन्न सफल भएका छन्।

तेक्वान्दोकै महिला तर्फको पुम्सेमा सिना लिम्बु मादेनले अर्को स्वर्णपदक दिलाइन्। उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने दोस्रो नेपाली खेलाडी हुन्। उनले २३ वर्ष मुनीको खेलमा स्वर्ण जितेकी हुन्। उनी अस्मिन राउतसँग जोडीको रूपमा उत्रिएको अर्को पुम्से स्पर्धामा काँस्यमा रोकिइन।

त्यस्तै तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन्। पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन। यस्तै, पार्वती र जीतबहादुर बोटेको जोडीले २९ वर्षमुनिको स्पर्धामा रजतमा चित्त बुझायो। ३० वर्षमाथिको पुरुष स्पर्धामा रेजिन नेपालले काँस्य जिते।

२४ वर्षमुनि पुरुषतर्फको स्पर्धामा कृष्णबहादुर तामाङले रजत जिते। 

तेक्वान्दोमा नै नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन्। आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन। 

उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन्। भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ।पुम्सेमा आयशा शाक्य र सन्जिब कुमार ओझाको जोडीले स्वर्ण पनि जिते।

 २३ वर्षमाथि महिला टिम पुम्सेमा निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जिते।

ट्राइयाथलनमा एक स्वर्ण र काँस्य

पोखरा लेकसाइडमा भएको प्रतियोगितामा ट्राइयाथलनमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी छन्। आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालका बसन्त थारुले काँस्य पदकमा चित्त बुझाएको छ।

ब्याडमिन्टनमा एक काँस्य

यता, ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले काँस्य पदक जितेको छ।

पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित हुँदै काँस्यमा सिमित बनेको हो।

नेपालका प्रिन्स दाहालले एकलमा श्रीलंकाका ससिन्धु करुणातिलकेलाई ३–१ को सेटमा हराए । प्रिन्सले २१–१८,१९–२१ र २१–१९ को जित निकाले।

रत्नजित तामाङ निशान पर करुणारत्नेसँग २–० तथा दिपेश धामी सचिन पर्मासनसँग २–१ को सेटमा पराजित भए।

डबल्समा दिपेश र रत्नजित श्रीलंकाका थरिन्दु र सचिनसँग २–० ले पराजित भए।

यता,ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपालले काँस्य पदक जितेको छ। सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३–० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो।

नेपालकी नङ्शल तामाङ श्रीलंकाकी थिलिनी प्रोमादिकासँग २–० को सेटमा पराजित भईन्।

 

 

 

प्रकाशित मिति: : 2019-12-02 16:52:35

प्रतिकृया दिनुहोस्