नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालका लागि ५२ केजी मुनिको तौल समूहमा महिला विधामा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी हुन्।
राउन्ड रोबिन लिगमा श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई पछि पार्दै देविकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।