भारतले तनावग्रस्त कश्मिरसम्म आफ्नो रेल सेवालाई विस्तार गर्ने भएको छ। भारत सरकारले आइतबार सार्वजनिक गरेको घोषणा अनुसार कश्मिरलाई राजधानी नयाँ दिल्लीसँग जोड्न रेल सेवा विस्तार गर्न लागेको हो।
भारतले २०२३ सम्म कश्मिरमा रेल सेवा सुरु भइसक्ने बताएको छ। यो परियोजनाका लागि ४० हजार करोड रुपैयाँ लाग्ने दावी गरिएको छ।
रेल अधिकारीका अनुसार प्राजेक्ट तयार भएपछि १४ घण्टामा दिल्लीबाट कश्मिर पुग्न सकिने छ। उनीहरूले दिल्ली–कश्मिर रेल सेवाका लागि महत्वपूर्ण मानिएको ६ किलोमिटर लामो कटरा–बनिहाल टनेल तयार भइसकेको जानकारी दिएका छन्। टनेल निमार्णका लागि ४ वर्षदेखि काम भइरहेको थियो।
टनेल निमार्णमा मात्र ५ सय ५० करोड खर्च भएको थियो।
प्राजेक्टमा २७ वटा ब्रिज, जसमा एउटा विश्वकै सबैभन्दा लामो भएको बताइएको छ। यसबाहेक पनि एसियाको सबैभन्दा लामो १२ किलोमिटरको टनेल निमार्ण हुने तयारीमा छ।